ठकुरी समाज तनहुँलाई भलिबलको उपाधि

पाेखरा | जेठ २०, २०८०

ठकुरी समाज तनहुँलाई भलिबलको उपाधि

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १०–११ घान्द्रुकमा आयोजित गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि तनहुँको ठकुरी समाज बाबियोडाँडाले जितेको छ । 


शनिबार सम्पन्न भएको फाइनल खेलमा ठकुरी समाज तनहुँले घान्द्रुक क्ल्यूलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । ठकुरी समाज तनहुँले क्ल्यूलाई २५–१८, २३–२५, २५–१६,२१–२५ र निर्णायक तथा पाँचौ सेट १५–११ ले जित्दै उपाधि जितेको हो । 

  उपविजेता घान्द्रुक क्ल्यू 


उपाधि विजेता ठकुरी समाज तनहुँले नगद ८० हजार पुरस्कार प्राप्त ग¥यो भने, उपविजेता घान्द्रुक क्ल्यूले ५० हजार पुरस्कार प्राप्त गरेको छ । गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा १३ समूहको सहभागिता रहेको थियो । 


सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौसिर हर्जोगको टोलीले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले म्याराथन तथा महोत्सव सञ्चालन गर्दै आएको छ । 
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्